आदिवासी आन्दोलनयात आदिवासी संघ जपानया एक्येवद्धता

तो:क्यो: – जातीय पहिचान दुथ्यागु संघीयताया माग याना आन्दोलन याना च्ँवपिँ आदिवासी जनजाति संयुक्त संघर्ष समितिया आन्दोलनयात नेपाल आदिवासी जनजाति महासंघ जपानँ एक्येबद्धता प्वंकूगु दु। सोमवा: कुन्हु छगु विज्ञप्ती पिकना संघँ नेपाल आदिवासी जनजाति संयुक्त संघर्ष समितिँ यागु नेपाल बन्दयात थ:गु एक्येवद्धता प्वंकूगु ख: ।

सच्छिदँ निसेँ शोषित पीडित जनजाति, मधेशी तथा पिछडि वर्ततेसँ थ:गु अधिकारया माग याना च्वंगु इलेहे षडयन्त्रकथँ ११प्रदेश दयेकेगु सहमति या:गुया विरुद्धय् घोषित नेपाल बन्दहड्तालया क्रमय् छखल:  जनजाति, मधेशी विरोधितत्वत पत्रकारया ख्वा:पा घाना थीथीकथँ अवरोध यायेत न्ह्या: व:गु कुज्या यात नेपाल आदिवासी जनजाति महासंघ जपानँ गम्भिर ध्यानआकर्षण जूगु खव ञंकूगु ख: ।

खस भासँ पिकयात:गु विज्ञप्ती पूवंक 

नेपाल आदीवासी जनजाति संयुक्त सघर्ष समितिले घोषणा गरेको जेठ७, ८ र ९गतेको आमहड्तालको पहिलो दिन सामान्य हिंसाबाहेक शान्तिपूर्णतवरले सम्पन्न भएको छ। सयौं बर्षदेखि शोषित पीडित जनजाति, मधेशी तथा पिछडिका बर्गहरुले आफ्नो अधिकारको माग गरिरहेको अवस्थामापनि षडयन्त्रपूर्वक ११प्रदेश बनाउने सहमति गरेको विरुद्धमा घोषित नेपाल बन्दहड्तालको क्रममा केही जनजाति, मधेशी विरोधितत्वहरु पत्रकारको रुपधारण गरेर विभिन्न तरिकाबाट अवरोध गर्न अघि बढेको कार्यप्रति नेपाल आदिबासी जनजाति महासंघ जापान गम्भिर ध्यानआकर्षण भएकोछ।

निष्पक्ष र ब्यवसायिक पत्रकारिताप्रति हाम्रो संधै उच्चसम्मान र कदर रहेको स्पष्ट पार्न चाहान्छौ यद्यपी ठूलठूला मिडिया हाउसहरु संघीयतार पहिचानको प्रदेश निर्माणको विपक्षमा, जनजाति, मधेशीहरुकोविरुद्धमा लेख्दैआएका, उत्पीडितजन्य अवाजहरुलाई दबाउदै आएका मिडियाहरुलाई स्पष्ट भन्न चाहान्छौ। तपाईहरुले गरिरहेको यो कार्य अत्यन्त निन्दनीय छ।सरकारी स्वामित्वको राष्ट्रिय समाचार समिति, नागरिक, हिमाल मिडिया, कान्तिपुर लगायतका मिडियाहरुले जनजातिहरुको आवाजलाई कति समेटिरहेको छ संघीयताविरोधी (तपाई)हरुको के कति समेटिरहेको छ,हामीले पनि त्यसको मुल्याङकन तथा हिसाव किताब राखिरहेका छौं ।यद्यपी तपाईहरुले हाम्रो समाचारलाई प्रेषित गर्नै पर्छ भन्ने हाम्रो मन्यता होइन तर हाम्रो बिरोधमा कहि पनि नभएको भ्रम समचारहरुलाई प्रेषित गरि बिरोध गर्ने अधिकार पनि तपाईहरुसंग छैन सहि समचारहरुलाई बङ्ग्याएर समाजमा नराम्रो संन्देश छरि भ्रम सिर्जना गर्ने कार्यहरुलाई त्याग्न नेपाल आदिबासी जनजाति महासंघ जापान विनम्रता पूर्वक आग्रह गर्दछौ।

गत जेठ ७ गते रिपोटर्स क्लवमा जनजाति महासंघका महासचिव श्रीआङकाजी शेर्पा ज्युले बन्दकोबारेमा जानकारी दिने पत्रकार भेटघाट कार्यक्रममा केही पत्रकार भनाउदा ब्यक्तिहरुबाट भएको अवरोध तथा तीखोप्रहारको हामी नेपाल आदिबासी जनजाति महासंघ जापान लगायत विभिन्न मुलुकमा रहेका आदिबासी जनजातिहरु घोर निन्दा गर्दछौ।स्पष्टताका साथ भन्नु पर्दा अवरोधकर्ता सच्चा पत्रकारनै होइन भन्ने हाम्रो बुझाई तथा ठहार रहेको छ र यदि पत्रकारनै हो भने, जनविरोधी पत्रकारको सहिरुप देखाएको छ भन्ने कुरो सबैलाई स्पष्टा गराएको छ ।उक्त जानकारी दिने कार्यक्रममा महासचिव शेर्पा ज्युले त्यस्तो कुनै पनि नराम्रो कुराहरु भन्नुभएको छैन जे बोल्नु भएको छ सहि र वस्ताबिकतामा आधारितलाई लिनु भएको छ ।

यो कुरालाई तपाईहरुले पनि YouTube को AngKajiSherpa at Reporters Club वेभमा उपलब्ध भिडियोमा हेर्न सक्नु हुन्छ ।तथापी एक्कासी पत्रकारको खोल ओढेका केही जनजाति, मधेशी विरुद्धका ब्यक्तिहरुले अवरोध तथा बाधा अर्जण गरिएकोमा हामीलाई आश्चर्य लागेको छ।संकुचित विचारधारा राख्नेती मित्रहरुको लेखाजोखा र जानकारी हामीले पनि राखिएका छौं एउटा सार्वजनिक कार्यक्रम भईरहेको बेला छातीमा पत्रकारको बिल्ला टांसिएर पत्रकार मात्र नभई मानाविय ब्यवहारबाट नै बाहिरा गएर मन परी बोल्नले सांचिकै सच्च पत्रकार मित्रहरुलाई पनि खोद लागेको छ भन्ने हाम्रो बुझाई हो,त्यसैले निजलाई सार्वजनिक माफि माग्न आग्रह गर्दछौ।

एकजातिको मात्र हालीमुहाली रहनुपर्छ, जनजाति, मुस्लिम, मधेसी, पिछडियका वर्गलाई सधैहली, कम्लरी, कमैया र भरियामात्र बनाउनुपर्छ भन्ने नियतले छेडिएकोउग्रजातिबादी आदोलन अहिले पत्रकारिताको क्षेत्रबाट, पुलिस र प्रसाशानको क्षेत्रबाट प्रवेश गरेको अनुभव हामीले गरिएको छौं।त्यसैले सम्पूर्ण न्यायपूर्ण आन्दोलनकर्मीहरुलाई संचेत रहन आब्हान गर्दै पत्रकारिता, प्रहरी र प्रसासनलाई आ-आफ्नो शाखा बचाउन समेत हार्दिक अपिल गर्दछौ। लामो समयदेखि सहिष्णुतापूर्वक रहेको सामाजिक सद्भावलाई भत्काउने काम कसैबाट नहोस हामी बारम्बर अनुरोध गरिरहेका छौं र गर्न चाहान्छौ। सदियौदेखि शोषण, दमनमा परेकाहरु मुक्तिका लागि अधिकार माग्न आन्दोलन गरिरहेकाछन।

तर सत्ता, शक्ति सबै सबै सधै सधै लिएकाहरु पनि आन्दोलनमा उत्रिएका छन ।के यो देश तपाईहरुको भागमा परेको आंशा हो ? यहां अरु जतियहरुले जिउने आधिकार छ कि छैन ? १०० जातिभन्दा माथि भएको भन्ने यो मुलुक सबै जातिले आफ्नो भाषा, संस्कृति, पहिचान र जातिय पहिचानको आदर र सम्मान पाउनै पर्छ होइन भने अन्तमा सिंधै लडेर, भिडेर पनि लिनु पर्ने बाध्यता हुन सकिन्छ,हामी अग्रिम खबरदारी गराउन चाहान्दछौं ।

आदरणिय सम्पूर्ण जनजाति, मधेसी, मुस्लिम तथा पिछडाबर्ग मित्रहरुलाईअत्यन्तै सयंमताको साथमा आन्दोलन गर्न आग्रह गर्दछौ।साथै यहांहरुको आन्दोलनमा हामी विश्वभरका जनजाति, मधेसी, मुस्लिम तथा पिछडाबर्गहरुको समर्थन र सहयोग रहेको ब्यहोरा जानकारी गराउदछौ।तपाईहरुले गर्नु हुने प्रत्येक न्यायपूर्ण आन्दोलनहरुको फोटो, भिडियो तथा अडियोहरुलाई विश्वब्यापी सामाजिक संजाल फेसबुक, युट्यव र ट्युटरज स्तामा जति सक्दो चाँडो अपलोड गर्नुहुन पनि अनुरोध गर्दछौ।

ती सबै फाइलहरुलाई जनजाति आन्दोलन २०१२नाम दिई अपलोड गरेको खण्डमा अत्यन्तै प्रभावकारी हुनेछ तब आन्दोलन र मागकोबारे नेपालका जनजाति, मधेशीविरोधी मिडियाहरुले नसमेटपनि कुनै फरक पर्ने छैन।

निष्पक्ष संविधान निर्माण गरेर समृद्ध नेपाल निर्माणमा सामुहिक प्रयत्न, सामुहिक सहभागिता र समान दृष्टिकोण हुनुपर्ने बेला हो।कसैले ब्यक्ति र समुदायको नैसर्गिकअधिकारको माग गर्दा अध्ययन गरि उचित अधिकार दिनुपर्ने आजको आव्श्यक्त र माग हो तर विडम्बना झनै दमन गर्नु खेदजनक रहेको छ ।

अन्तमा सम्पुर्ण जातिको साझा नेपाल बनाउनको लागि जनजाति संघर्ष समितिले आब्हान गरेको बन्द आमहड्ताल र संवाद एकै साथ अघि लैजान तथा सफल बनाउन सम्बंधित सबैको निरन्तर सहभागिताको लागि नेपाल आदिबासी जनजाति महासंघ जापान हार्दिक अनुरोध तथा अपिल गर्दछौं।